पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ । पुरस्कृत व्यक्तित्व शाहले आफूले प्राप्त गरेको पुरस्कारको रकम प्रतिष्ठानकै कोषमा अर्पण गरेका छन् । विक्रम सम्वत् १९७५ मा पाल्पाको तानसेन दरबारमा जन्मिएका डायमन शम्शेरका सेतो बाघ, बसन्ती लगायतका चर्चित उपन्यास रहेका छन् ।
राणा परिवारमै जन्मिएर पनि डायमन शमशेरले राणा शासनमा सत्ताका लागि हुने गरेका दाउपेच र राणाहरुका दरबारमा हुने गरेका यौन क्रियाकलापलाई उपन्यासमा उतारेका थिए ।