– प्रेमनारायण आचार्य
मथुराबेसी, अर्घाखाँची। अर्घाखाँचीको प्रसिद्ध धार्मिक स्थल मथुराबेसी परिसरमा नेपाली सेनाले ग्यानि तारमा ढुंगा भरि पहिरोबाट हुन सक्ने क्षतीलाइ रोकथाम गरेको छ ।
वाङ्ला गाविसमा रहेको मन्दिर परिसरको मरामत तथा पहिरो जान सक्ने सम्भाबना भएको ३ स्थानमा करिब ९० मिटर लम्बाइ तथा १५ फिट उचाइ भएको तारजाली भरेको चन्दननाथ गणका गणपति रामकाजी रानामगरले बताउनु भयो ।
मन्दिर परिसरमा नेपाली सेनाले गरेको तारजाली प्रति स्थानीय बासिनदा खुसी भएका छन । सेनाले पहिरोबाट हुन सक्ने खतरा न्युनिकरण गर्न बिभिन्न स्थानमा काम गर्दै आइरहेको छ ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।