संविधानसभाको चुनावको विरोध वा प्रतिगमनको सेवा ?

– सागर कुवर

 

देशमा उत्पन्न भएको राष्ट्रिय राजनीतिक संकटको समाधानको लागि निर्दलीय खिलाराज रेग्मि सरकारले आगामि मंसिर ४ गतेको लागि संविधानसभाको नयाँ चुनावको मिति घोषणा गरेको अवस्था, निर्वाचन आयोगले संविधानसभाको नयाँचुानावको लागि कार्यविधी घोषणा गरेको वर्तमान अवस्थामा संविधानसभाको चुनाव हुनेछ वा छैन ? त्यो भन्न सकिने अवस्था छैन ।

 

देशमा राजनीतिक शक्तिहरु देश र जनता प्रति कति जिम्मेवार हुनेछन त्यसमा नै संविधानसभाको निर्वाचनको पनि सुनिश्चित हुनेछ । अहिले सम्म देखिएको राजनीतिक परिस्थितिमा संविधानसभाको चुनावको सुनिश्चितता देखिएको छैन तर पनि संविधानसभाको निर्वाचनको महत्व आवश्यकता बढेर गएको छ । पहिलो कुरा त नेपालको राजनीतिक आन्दोलनको इतिहासमा ०६२