काठमाडौं । नेकपा-माओवादीले सरकार लगायत अरु राजनीतिक दलहरुसँग छलफल गर्नका लागि आज आफ्नो पार्टीको वार्ता टोली घोषणा गर्ने भएको छ ।
वर्तमान राजनीतिक समस्या समाधान गर्न गोलमेच सम्मेलन लगायतको बाटोमा अघि बढ्नुपर्ने शर्त राखेको माओवादीले आफ्नो धारणा विस्तृत रुपमा सार्वजनिक गर्ने पनि जनाएको छ ।
वैद्य नेतृत्वको माओवादीलाई चुनावमा सहभागि गराउन गोलमेच सम्मेलनसम्म जान सकिने चार दलले निर्णय गरिसकेका छन् भने माओवादीले यसलाई सकारात्मक पनि भनेको छ ।
हिजो मात्रै अध्यक्ष मोहन बैद्यले चारदल र सरकारले वार्ताका लागि औपचारिक आह्वान गर्नु सकारात्मक भएको भन्दै आफ्ना मागलाई गंभीरतापूर्वक नलिए वार्ता नहुने चेतावनी दिएका थिए ।
RSS