काठमाडौं । भारतीय विदेशमन्त्री सलमान खुर्सिदले नेपालमा आगामी मंसिरमा संविधानसभाको निर्वाचन हुनेमा भारत आशावादी रहेको बताएका छन् । नेपालको एक दिने भ्रमणका लागि आज विहान काठमाडौं आएका खुर्सिदले स्वदेश फर्कनु अघि अपरान्ह आयोजित पत्रकार सम्मेलनमा संविधान बनाउने उद्देश्यले दोस्रो पटक चुनाव हुन लागेकाले नेपालको चुनाव विश्वमै विशेष खालको भएको बताए ।
आफूले भेटघाट गरेका राजनीतिक दलका नेताहरुले निर्वाचनमा प्रतिवद्धता जनाएको भन्दै खुर्सिदले यहाँका सवै दल चुनावी प्रक्रियामा सहभागी हुने विश्वास ब्यक्त गरे ।
चुनावका लागि नेपालको आवश्यकता अनुसार सवैखाले सहयोग पु-याउन भारत तयार रहेको पनि उनले बताए ।
संधिानसभाको निर्वाचनको विपक्षमा रहेको नेकपा