२ करोड धरौटी तिर्न नसकेर जेल परेका गुन्डा नाइके पर्शुराम बस्नेत थुनामुक्त

काठमाडौ – स्रोत नखुलेको सम्पत्ति कमाएको अभियोगमा अदालतले तोकेको २ करोड धरौटी तिर्न नसकेर जेल परेका गुन्डा नाइके पर्शुराम बस्नेत मंगलबार छुटेका छन् । विशेष अदालतका रजिस्ट्रार धीरबहादुर चन्दका अनुसार धरौटीमा मागिएजति रकम बराबरको जेथा (जग्गा) को लालपुर्जा बुझाएर उनी थुनामुक्त भएका हुन् ।
बस्नेतले बुझाएको जग्गा भक्तपुर सुडालका जितबहादुर लामा र जितबहादुर खत्रीको संयुक्त नामको भक्तपुरकै जग्गा भएको चन्दले बताए । युवा संघका केन्द्रीय सदस्य बस्नेतले धरौटी बुझाएर अदालतबाट बाहिरिँदै गर्दा आफू छुट्नुमा संगठन र एमालेको ठूलो हात भएको बताए । ‘मलाई एमालेले नै बाहिर निकालेको हो,’ बस्नेतले भने, ‘एमाले नभएको भए म चार वर्ष जेलभित्र सड्ने थिएँ ।’
RSS