राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दार्चुला बगाउँदा कोही पनि नेता नगएको तर भारतीय विदेशमन्त्री सलमान खुर्सिद आउँदा लाम लागेर गएको भन्दै आपत्ति जनाएका छन् ।
केसीले चाकडी र दलाली गरेर आफ्नो भविष्य सुरक्षित हुन्छ भन्ने मान्यताले लाइन लागेर भारतीय विदेशमन्त्रीलाई भेट्न गएको आरोप समेत लगाएका छन् ।
राजधानीमा बुधबार भएको एक कार्यक्रममा उनले नेताहरु कुटनीतिक मर्यादा भुल्दा नेपालीको शिर निहुरिएको समेत बताए ।