पूर्व प्रधानमन्त्री मरिचमानको उपचार गर्न खर्चको समस्याछोरा द्वारा विज्ञप्ती निकालेर उपचारका लागि आर्थिक सहयोग गर्न सबैलाई अपील(विज्ञप्ती सहित)

भूतपूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको उपचारका लागि आर्थिक समस्या भएको छ । श्रेष्ठका छोरा अनिलले विज्ञप्ती निकालेर उपचारका लागि आर्थिक सहयोग गर्न सबैलाई अपील गर्नुभएको छ ।
भारतको मेदान्त अस्पतालमा फोक्सोको क्यान्सरको उपचार गराईरहेका पूर्व प्रधानमन्त्री श्रेष्ठको अवस्था ज्यादै चिन्ताजनक रहेको छोरा अनिलले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।
साथीभाई र ईष्टमित्रबाट आर्थिक सहयोग उठाउँदा पनि नपुगेको र मुख्य सचिव लिलामणि पौडेल मार्फत सरकारसँग एक महिनाअघि सहयोग मागे पनि नपाएको उहाँले बताउनुभएको छ ।