काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०६९/७० को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । सर्वेक्षणले चालु वर्षमा आर्थिक बृद्धिदर ३ दशमलब ६ प्रतिशतमा सीमित रहने देखाएको छ । सरकारले यस आर्थिक वर्षमा साँढे ५ प्रतिशतको आर्थिक बृद्धिदर हासिल हुने लक्ष्य राखेको थियो ।
आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री शंकरप्रसाद कोइरालाले न्यून आर्थिक बृद्धिदर, उच्च मूल्यबृद्धि एवं बढ्दो व्यापार घाटा अर्थतन्त्रका लागि चुनौतिको रुपमा देखिएको बताए ।
लक्ष्य अनुसारको आर्थिक बृद्धिदर नहुनुमा कृषिक्षेत्रको बृद्धिदरमा आएको ह्रास मूख्य कारण भएको अर्थ मन्त्रालयले जनाएको छ । कृषि क्षेत्रको बृद्धिदर १ दशमलब ३ प्रतिशत र गैर कृषि क्षेत्रको बृद्धिदर ५ प्रतिशत र उद्योगको १ दशमलब ५ प्रतिशतमा सीमित रहने अनुमान गरिएको छ ।
चालु त्रिवर्षीय योजनामार्पmत गरिबीको दरलाई २५ दशमलब २ प्रतिशतबाट २१ प्रतिशतमा झार्ने लक्ष्य लिइएपनि उक्त लक्ष्य पनि पूरा नभई २३ दशमलब ८ प्रतिशतमा सीमित रहेको छ ।
त्यस्तै मूल्य बृद्धि साढे ७ प्रतिशतमा सीमित गरिने लक्ष्य राखिएकोमा ८ दशमलब २ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्षमा १ सय २८ मिलोमिटर सडक कालोपत्रे गरिएको, १ सय ६९ किलोमिटर सडक खण्डास्मित गरिएको र १ सय ९४ किलोमिटर कच्ची सडक निर्माण भएको पनि मन्त्रालयले जनाएको छ ।
RSS