चितवनमा घरधनीले घरभाडा बृद्धि गरेको भन्दै नारायणगढ र रत्ननगरमा बजार बन्द

चितवन  । चितवनको नारायणगढ र भरतपुर बजार क्षेत्रमा घरधनीले घरभाडा बृद्धि गरेको भन्दै नेपाल घर बहाल उपभोक्ता मञ्चले नारायणगढ र रत्ननगरमा बजार बन्द गराएको छ ।


घरधनीले २५ देखि १ सय ७५ प्रतिशतले भाडा बृद्धि गरेको विरोधमा बजार बन्द गरिएको मञ्चका प्रवक्ता विष्णुप्रसाद कंडेलले हामीलाई जानकारी दिए ।


बृद्धि गरिएको भाडादर फिर्ता नलिएसम्म बन्द जारी राख्ने बन्दकर्ताको भनाई छ ।

 

सरकारले निश्चित भाडादर निर्धारण गर्नुपर्ने, बढेको भाडादर घटाउनुपर्ने र चितवन उच्च माध्यमिक विद्यालय भरतपुर अगाडिका पसल भाडाका लागि गरिएको टेण्डर आह्वान खारेज हुनुपर्ने लगायतका माग पनि मञ्चले अघि सारेको छ ।

 

RSS