संविधानसभाको दोस्रो निर्वाचनमा एकता र मोर्चाबन्दी गर्नेबारे मधेशी नेताबीच मतभेद

काठमाडौं । संविधानसभाको दोस्रो निर्वाचनमा एकता र मोर्चाबन्दी गर्नेबारे मधेशी नेताबीच मतभेद देखिएको छ । 
मधेश सञ्चार सञ्जाल नेपालले राजधानीमा आज गरेको कार्यक्रममा नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशी दलहरुबीच मोर्चाबन्दी गरेर जानुपर्ने धारणा राखे । 
तर, मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पैसा र पदका लागि विभाजित भएका दलहरुसँग चुनावी मोर्चाको सम्भावना नरहेको जिकिर गरे ।
मधेशलाई अधिकार सम्पन्न बनाउन मधेश स्वायत्त प्रदेश बनाउनुपर्नेमा भने मधेशी नेताहरुको एक मत रहेको थियो ।
RSS