चितवन । दुई दिनदेखि व्यवसाय बन्द गर्दै आएका चितवनका व्यवसायीहरुले आजदेखि बजार खोलेका छन् ।
उद्योग वाणिज्य संघ, नेपाल घर बहाल उपभोक्ता मञ्च र चितवन उच्च माध्यमिक विद्यालय जग्गाभाडा उपभोक्ता समितिबीच हिजो बन्द फिर्ता लिने सहमति भएको हो । उद्योग वाणिज्य संघको पहलमा सबै सरोकारवाला पक्षसहित आधिकारीक निकायसँग यथासक्य चाडो वार्ता गर्ने तथा नेपाल घर बहाल उपभोक्ता मञ्चले गरेको बजार बन्द स्थगित गर्ने सहमति गरिएको हो ।
घरधनीहरुले ज्यादती गरेको आरोपमा विरोधमा उत्रिएका व्यापारीहरुले हिजो र अस्ती नारायणगढ, भरतपुर र रत्ननगरका बजार बन्द गराएका थिए ।
हिजो त रुपन्देही र दमौलीका व्यापारीले पनि बन्द गराएका थिए । सरकारले घर बहालको मापदण्ड तोक्नुपर्ने, घर धनीले एकतर्फी रुपमा घर भाडा बढाउन नहुने, बहालमा बस्नेको सुविधामा ध्यान दिनुपर्ने जस्ता माग उनीहरुको छ ।
Agencies