“धमिलिएका डोबहरु” मथिका सङ्लो अनूभूति


पुष्प अधिकारी “अञ्जलि”
गजलगृह भरतपुर चितवन

 

वर्तमान समयमा नेपाली गजल एउटा सवल र सर्वाधिक लोकप्रिय विधाको रुपमा उभिएको छ । यसले मान्छेको सून्दर जीवन जगत र व्यक्तिगत सभ्यता र संकारको रुपमा उत्पेरित गर्छ र सामाजिक रुपान्तरणको लागि यो अपरिहार्य छ ।  यतिबेला गजलले प्रगति संगै धेरै चूनौतिहरुको सामना पनि गर्दै आएको छ । चितवन नेपालि गजलको उर्वरभमि हो र यसलाई हामि गजलको राजधानि पनि भन्दछौ । यहि गजलको राजधानिबाट गजलमा नयां शैलि र नविन प्रयोग लिएर उपस्थित भएका  दुई प्रतिभा रामकृष्ण पौडेल “अनयास” र फुच्ची जमुना । जसको कृति “धमिलिएका डोबहरु” सवाल र जवाफको नयां राजमार्ग भएर आएको छ ।

 

गजलको संग्रह मार्फत सिर्जनाको आगो बोकेर यतिबेला गाउबस्तिहरु मा काव्यिक चेतना छरिरहेका छन यि दुई  प्रतिभाले । गजल साहित्यका निम्ति एउटै  भुगोल, एउटै क्षितिजमा उभिएर एउटा युग निर्माण गर्दै रामकृष्ण र जमुनाले ।

 

पृथक पृथक सपनाहरु बोकेर साहित्यिक सिर्जना गरिरहने यि स्रष्टाहरुले समयको एउटा भिन्न गन्तव्य खोजिरहेका छन धमिलिएका डोबहरुमा । मनको भुगोलबाट हराएकि आफ्नि प्रमिकाले समुन्द्रको एउटा लहरबाट सुन्दर सिर्जना हत्केलाभरि उभ्याएर दिदा को सुखद अनुभुतिहरु छन गजलमा । त्यस्तै क्षितिजपारिको धमिलो जूनको आकृति नियाल्दै प्रमि प्रमिका यतै कतै हराएको आभाषहरु प्नि उतारिएका छन गजलमा । रामकृष्ण र जमुना ले आफुहरु समयको नदि भएर गजलको डुंगा खियाइरहेका छन जिवनको उज्यालो भविष्य खोजेर । यस्तो लाग्थ्यो यिनिहरुका यि गजलहरु पढ्दै जादा कतै न कतै आफैलाई संकेत गरिए जस्तै । मैले रामकृष्ण र जमुनाको धमिलिएका डोबहरुमा यस्तो अनुभुति गरे । धरातल संगै उड्नुको एउटा औचित्य रहेछ त्यो क्षणिक भए पनि आखिर चाहिने त धरातल नै रहेछ । आफु उभिएको धरातललाई  रामै्रसंग चिनेका छन यिनिहरुले । हरेक सृर्जनामा प्रेम हन्छ, स्पर्श हन्छ र यसमा थुप्रै चेतनहरु छन । समयका उद्वेगहरु संगै प्रमि प्रेमिकाको न्यानो स्पर्श भेटिन्छन । मायामा नभेटिने किनारहरु पनि हुनसक्छन तर सम्भावना को जिन्दगि बाच्नुपर्छ एउटा युग निर्माण गर्न ।


गजलकार व्दय रामकृष्ण र फुच्ची जमुनाका गजलमा सवाल जवाफको नमुना हेरौ न एक टुक्रा
सवाल १  ( सात समुन्द्रपारि छौ काम कस्तो छ राजा ?
ठिक्क छ कि धेरै थोरै दाम कस्तो छ राजा ?
जवाफ १ ( विदेशीको खुट्टा मोल्दै बस्नु पर्यो दास कान्छि
कमाइ छैन हात मुख जोर्न पुर्याको छु गास कान्छि

सवाल २( मलाई लिन सात समुन्द्र काटेर आउ सानु
बुबा आमा संग आशिष मागेर आउ सानु
जवाफ २( तिम्रो लागि हजार खुसि छोडेर आए म
संघर्षका कैयौ जंघार तोडेर आए म


कति हृदयस्पर्शि छन गजलका भावहरु । एउटाको उठानले अर्काको जवाफ खोजिरहेछ । अब एउटै अंगालोमा जीवन काट्नुपर्छ , एउटै सिरानीमा भविष्यका स्वर्णिम सपनाहरु देख्न सक्नुपर्छ र जिन्दगिका क्यानभाषहरुमा मायाका इन्द्रेणि रंगहरु भर्नुपर्छ । प्रेम गरेर आखाहरु कहिल्यै अघाउदैनन र मुटुहरु थाक्दैनन हरपल आखाकै नजिक भएर मुटुहरु सल्वलाईरहन्छन र अविराम वगिरहन्छन प्रेमका नदिहरु । जिन्दगि बाच्ने क्रममा कति सम्झौताहरु भएका छन कति आखाहरु रोएका छन मनको किनार भेट्न कति छट्पटि र तड्पाहाहरु हुन्छन यी सबै गजलमा समेटिएका छन । यीनै छट्पटि, पिडा र कैयौ छन । गजलमा यी बाहेक अझै अरु नविनता खोजेको भए यो संग्रह ले अर्कै एउटा अस्तित्व उठाउने थियो ।


अन्तमा, एउटा सकिलो जूनको अस्तित्व बोक्नेछ यस कृतिले । सडकमा कसैले क्षतिग्रस्त जीवन भोग्न परेता पनि सृजनामा यी दुर्द स्रष्टाले एउटा  नयां जीवन प्राप्त गर्न सकुन आफ्नो अस्तित्व भेटुन धकिलिएका डोबहरु मार्फत । अविराम समयका निन्द्राहरु विथोलेर बस्तिहरु ब्यझनेछन र सुतेका राष्ट्र ब्युझनेछ  यीनका गजलहरुका शेरहरुले । गजलकार रामकृष्ण पौडेल