एमाओवादी केन्दीय नेताले साइडवाकर्ससँग घुस मागेको आरोप

विजय  घिमिरे

 

काठमाडौ महानगरपालिका र साइडवाकर्स टेडर्स प्रा.लि. वीच गत चैत ५ गते ऐतिहासिक वसन्तपुर र सुन्धारा क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्न गरिएको संझौता तुहाउन एमाओवादीका केन्दीय सदस्य सर्वोत्तमदास डंगोल र मानवअधिकारवादी तथा जातीय भेष द्धेष फैलाउदै आएका मल्ल के सुन्दर जोडतोडले लागिरहेको साइडवाकर्सका पदाधिकारीले आरोप लगाएका छन् ।


सार्वजनिक निजी साझेदारी (पिपिपि) कार्यक्रम गर्दै आएको साइडवाकर्सलाई संरक्षणको जिम्मेवारी महानगरले दिएको हो । उसले २०६१ देखि धरहराको जिम्मेवारी लिंदै आएको छ । तर पछिल्लो पटक सर्वोच्च अदालतको वि.सं. २०६७ माघ ४० को निर्देशनात्मक आदेश परिपालनार्थ विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरवारक्षेत्रसंग जोडेर धरहराको पनि विश्वव्यापी प्रचार प्रसार गर्न महानगरले साइडवाकर्स संग संझौता गरेको थियो ।

 

अहिले सो संझौताको विरोधमा डंगोल र मल्लले प्रदर्शन गरेका छन् । स्रोतका अनुसार काठमाण्डौ महानगरमा एमाओवादीका तर्फवाट दलित संयन्त्रको प्रतिनिधी रहेका डंगोलले संझौता कार्यान्वयन गराउने भए एक करोड दिनुपर्ने माग राखेको बताइन्छ  । तर साइडवाकर्सले उक्त रकम दिन नसक्ने बताएपछि डंगोलले संझौता  कार्यान्वय गराउन नदिने सार्वजनिक रुपमै बताउँदै आएका थिए । उता प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले भने संझौता तत्काल कार्यान्वयन गराउन पत्राचार गरेको छ भनेसर्वोच्च अदालतले पनि फैसला कार्यान्वयन गराउन सरकारलाई यसअघि नै पत्राचार गरिसकेको छ ।