काठमाडौं – सरकारले आर्थिक वर्ष २०७०/७१ का लागि ५ खर्ब १७ अर्ब २७ करोडको बजेट सार्वजनिक गरेको छ। बजेटले निजामती कर्मचारीको तलब १८ प्रतिशतले वृद्धि गरेको छ भने उनीहरुलाई एक हजार रुपैयाँ भत्ता समेत प्रदान गर्ने भएको छ।
आगामी संविधान सभा चुनावका लागि १६ अर्ब रुपैयाँ विनयोजन गरिएको छ। राष्ट्रिय योजना आयोगको आयोगको सभाकक्षमा अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले निर्धार्ति समयभन्दा पौने २ घण्टा ढिलो बजेट भाषण सुरु गरेका थिए।
जसमध्ये चालू खर्चमा ३ खर्ब ५३ अर्ब ४२ करोड अर्थात ६८.३३ प्रतिशत छुट्याइएको छ भने पूँजीगत खर्च ८५ अर्ब १० करोड अर्थात १६.४५ प्रतिशत खर्च छुट्याइएको छ । वित्तिय व्यवस्थाका लागि ७८ अर्ब ७२ करोड अर्थात १५.२२ प्रतिशत रकम छुट्याइएको छ भने विकास बजेटका लागि २ खर्ब ४१ अर्ब ५८ करोड अर्थात ४६.७ प्रतिशत बजेट छुट्याइएको छ ।
साधारण खर्चतर्फ २ खर्ब ७५ अर्ब ६६ करोड अर्थात ५३.३ प्रतिशत छुट्याइएको छ । यस बर्ष राजश्वबाट ३ अर्ब ५४ अर्ब ५० करोड आम्दानी गर्ने लक्ष्य राखिएको छ । साँबा फिर्ताबाट ५ अर्ब ५० करोड, वैदेशिक अनुदाबाट ६९ अर्ब ५४ करोड, वैदेशिक ऋणबाट ४३ अर्ब ७० करोड र त्यसमा नपुग ४४ अर्ब आन्तरिक ऋणबाट उठाइने लक्ष्य लिइएको छ ।
सरकारले कर्मचारीको तलव १८ प्रतिशत बढाएको छ भने सवै राष्ट्रसेवक कर्मचारीलाई मासिक १ हजार भत्ता दिने घोषणा गरेको छ ।
सरकारले संबिधानसभा निर्वाचनका लागि १६ अर्ब छुट्याएको छ भने जलबिद्यूत, पर्यटन र कृषि क्षेत्रमा उल्लेख्य बजेट बिनियोजन गरेको छ ।
rss