मेलम्ची खानेपानी आयोजनाको मुहान तथा सुरुङ निर्माणका लागि इटालीको ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता

काठमाडौं  । मेलम्ची खानेपानी आयोजनाको मुहान तथा सुरुङ निर्माणका लागि इटालीको ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता भएको छ । सोमबार शहरी विकास मन्त्रालयमा आयोजना र इटालीको कोअपरेटिभा मुरारटोरी एण्ड सिएमसि डि रभिना संग ठेक्का सम्झोता भएको हो ।


ठेकेदार कम्पनीसँग ७ अर्ब ७२ करोड ३४ लाख रुपैयाँमा निर्माण हुनेगरी सम्झौता भएको हो । यसअघि सन् चिनियाँ कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन कम्पनीले अपेक्षित रुपमा काम गर्न नसकेपछि बीचमै ठेक्का सम्झोता तोडिएको थियो ।


इटालीको यो कम्पनी प्रतिष्ठित र योग्य भएकाले समयमा काम सम्पन्न गर्ने सरकारको अपेक्षा छ । वि.सं. २०७३ को वैशाखसम्म मेलम्ची नदीको पानी काठमाडौं उपत्यकाभित्र उपलब्ध गराउने सरकारको लक्ष्य छ ।

 

RSS