काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले जनजाति नेताहरुलाई एकीकृत माओवादीका अध्यक्षले आन्दोलन गर्न उक्साएकोमा कडा आपत्ति जनाएका छन् । नेपाल आदिवासी जनजाति महासंघको ज्ञापन पत्र बुझ्दै सभापति कोइरालाले संविधानसभाको समानुपातिक सिट संख्या बढाउन आन्दोलन गर्न उक्साएर प्रचण्डले गैरजिम्मेवारी चरित्र देखाएको टिप्पणी गरे ।
अब पनि मुलुकमा द्धन्द र अस्थिरता भईरहे नेपाल अफगानिस्तान जस्तै बन्ने तर्फ जनजाति नेताहरुलाई कोइरालाले सचेत गराए । जनजाति महासंघले हिजो एमाओवादी अध्यक्ष प्रचण्डलाई ज्ञापन पत्र बुझाउंदा जनजातिहरु आन्दोलनमा जानुपर्ने र त्यसका लागि आफ्नो पार्टीले समर्थन गर्ने आश्वाशन दिएका थिए ।
जनजाति महासंघले समानुपातिक सिट संख्या ६० प्रतिशत नै कायम गर्नुपर्ने, अन्तरिम संविधानमा पहिला व्यवस्था भए अनुसार कै २६ जना मन्त्रीपरिषदले मनोनीतको प्रावधान हुनुपर्ने लगायतका माग अघि सारेको छ ।
RSS