खानेपानीको महशुलमा एकैपटक शतप्रतिशत बृद्धि, नेपाली जनता चर्को मारमा


काठमाडौं । मूल्यवृद्धिको चर्को मार खेपिरहेका नेपाली जनतामाथि पानीको महशुल वढाएर सरकारले अर्को भार थपेको छ ।

 

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले खानेपानीको महशुलमा एकैपटक शतप्रतिशत बृद्धि गरेको हो ।

 

संस्था चल्नै नसक्ने अवस्थामा पुगेको भन्दै महशुल बृद्धि गरिएपछि खानेपानीको अभाव खेपिरहेका जनतामाथि महशुल वृद्धिले अर्को भार थपेको छ ।