काठमाडौं । उच्चस्तरीय राजनीतिक समितिले नेकपा-माओवादीसहित असन्तुष्ट दललाई वार्तामा आउन औपचारिक आग्रह गर्ने निर्णय गरेको छ ।
मंसिर ४ मा हुने संविधानसभा चुनावमा असन्तृष्ट दलहरुलाई पनि सहभागी गराउन वार्ता केन्द्रित गरिने चार दलका नेताहरुले बताएका छन् । असन्तुष्ट दलहरुसंग भोलि वार्ता गर्ने गरी आजै औपचारिक रुपमा पत्राचार गर्ने निर्णय भएको एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए ।
उच्चस्तरीय समितिको वैठकले संविधानसभाको निर्वाचन भएको ६ महिनाभित्र संविधानको पूर्ण मस्यौदा तयार गर्ने र १ बर्षभित्र संविधान जारी गर्ने प्रतिबद्धता जनाएको छ ।
बैठकमा निर्वाचन क्षेत्र निर्धारण आयोगलाई परेको संबैधानिक समस्यावारे छलफल भएको थियो ।
RSS