काठमाडौं । भारतले नेपाली भुमिमा चेकपोष्ट राख्ने अभिप्रायले नेपाल सरकारसँग सम्झौता गर्न खोजेको भन्ने खबरप्रति भारत सरकारले ध्यानाकर्षण भएको जनाएको छ । काठमाडौंस्थित भारतीय दूतावासले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय नेपाली मिडियामा आएको खबरप्रति चासो व्यक्त गरेको हो ।
नेपालको पशुपतिनगर र लुम्बिनीमा भारतीय पक्षले अध्यागमन चेकपोष्ट निर्माण गर्न खोजेको र सोही आशयले नेपाल सरकारसँग सम्झौता गर्न खोजेको भन्ने समाचार गलत भएको समेत भारतले जनाएको छ ।
दूतावासद्धारा जारी विज्ञप्तिमा जनाईए अनुसार कुनैपनि सार्वभौमसत्ता सम्पन्न राष्ट्रको भुमिमा चेकपोष्ट राख्ने विषयमा कुनै खाले सम्झौता नगरिएको समेत स्पष्ट पारिएको छ ।
नेपाल र भारत हुँदै तेस्रो मुलुकबाट एक अर्को देशमा प्रवेश गर्न चाहने पर्यटकहरुको लागि सहयोग होस् भन्ने हेतुले आ आप्mनै भुमिमा चेकपोष्ट राख्ने विषयमा मात्रै गृहकार्य भएको भारतीय दुतावासले स्पष्ट पारेको छ ।