नेपालका २४ भन्दा बढी सरकारी निकायका वेबसाइट टर्की बाट ह्याकिङमा-सेवा अवरुद्द

– उमाकान्त पाण्डे गाउंले    
साउन ३ – टर्की ,प्रयाप्त सुरक्षा उपाय नपनाईनु र सुचना प्रबिधी सम्बन्धी विज्ञ जनशत्तीको अभाबका कारण नेपालका सरकारी वेव साइटहरु असुरक्षित रहने गरेको बिज्ञ तथा सरकारी अधिकारिहरुले बताएका छन । 
केही दिन यता उधोग मन्त्रालय सहित झन्डै २ दर्जन सरकारी निकायका वेबसाइटमा टर्की बाट ह्याक अर्थात आक्रमण भएको देखिए पछि उनिहरुको यस्तो भनाइ आएको हो । 
सुरक्षा मापदन्डमा हेलचेक्राइ गरी सरकारी निकायहरुले वेबसाइट बनाउने क्रम नरोकिएको भन्दै बिज्ञहरुले सरकारले इन्टरनेट सुरक्षाको निती बनाएर अघि बढाउनु पर्ने सुझाब दिएका छन ।       
 
उधोग मन्त्रालय सहित झन्डै २४ वटा वेबसाइटहरु कब्जामा लिएर ह्याकरहरुले मुख पृष्‍ठमा जथाभाबी सन्देश राखीदिए पछी पुननिर्माणका लागि भन्दै अहिले ति सरकारी वेबसाइटको सेवा अबरुद्द छ । 
बिज्ञान तथा सुचना मन्त्रालय अन्तर्गतको राष्ट्रिय सुचना प्रबिधि केन्द्रका प्रमुख अनुप बासकोटा सुरक्षालाई ध्याननै नदीई बनाइएकोले अहिले ति वेवसाइट ह्याक भएको बताउछन । 
 
राष्ट्रिय सुचना प्रबिधि केन्द्रले झन्डै ५ सय सरकारी वेबसाइट सन्चालन गर्ने भए पनि कतिपय सरकारी निकायहरुले निजी क्षेत्रलाईनै वेबसाइट निर्माण र सन्चालन गर्ने जिम्मा दिएका छन । निजी क्षेत्रले सन्चालन गरिरहेका करिब १५ सय सहित धेरै सरकारी निकायका वेबसाइटहरुमा सामान्य सुरक्षा सतर्कता समेत नअपनाइने गरेको सरकारी अधिकारिहरुनै बताउछन । 
वेबसाइटको अध्यावधिक सुरक्षा जाचत टाढाको कुरा भयो, धेरै निकायहरुले सुरक्षित पास्वर्ड समेत नराख्ने गरेको राष्ट्रिय सुचना प्रबिधि केन्द्रका प्रमुख बासकोटा बताउछन । 
बिगतमा प्रधानमन्त्री तथा मन्त्रीपरिशदको कार्यालय , अर्थमन्त्रालय लगायत उच्च सरकारी निकायहरुका वेबसाइटहरु ह्याकरहरुको आक्रमणमा परिसकेका छन ।
 
बिज्ञान प्रबिधी मन्त्रालयको नियमानकारी निकाय प्रमाणीकरण नियन्त्रकको कार्यालयका पुर्व प्रमुख राजन राज पन्त ‘बिज्ञ जनशत्तीको अभाब भएकले पनि सरकारी वेवसाइटहरु काम स्रुरक्षित’ रहेको बताउछन । 
वेबसाइट ह्याक गर्ने गिरोहहरुले सुचना प्रबिधीको सन्जालको  दुरुपायोग गरि त्यो सर्भर मार्फत महत्व पूर्ण सरकारी सामाग्री चोर्न सक्ने र बारम्बारको ह्याकिङले देशकै छवी धमिल्याउन सक्ने बिज्ञहरु बताउछन । बिकसित देशमा समेत बेला बेला भईरहेका ह्याकिङ रोक्न स्तरिय  जनशत्ती र नियमित सुरक्षा सर्तकता आबश्यक रहेको उनिहरुको भनाइ रहेको छ । बीबीसीका फडिन्द्र दाहालको रिपोर्टका आधारमा …