– अर्जुन भुसाल
किमडाँडा, अर्घाखाँची । जिल्लाको किमडाँडा गाविस घर भित्रको धुवा प्रदुषण रहित गाविस घोषणा भए पछि यहाँका महिलाहरु बढि मात्रामा लाभान्वित भएका छन् । अहिले सबैको घरमा सुधारिएको चुलो निर्माण भएको छ । सुधारिएको चुलोमा खाना पकाउन पाउँदा महिलाहरु दङ्ग छन् । पहिले धुवा सँगै खाना पकाउने महिलाहरु अहिले भने समस्या टरे पछि निकै खुसी छन् ।
किमडाँडा-२ कि मिना भुसालले अहिले सुधारिएको चुलोमा खाना पकाउँदा निकै खुसीको अनुभुति गरेकी छिन । धुवा खादै खाना पकाउनु पर्थेयो