काबुल । अफगानिस्तानको लोगार प्रान्तको प्याड ख्वाबस्थित अमेरिकी सैन्य वेश क्याम्मका काम गर्ने ८ अफगान कामदारको गोली हानी हत्या गरिएको छ । भ्यानमा वेश क्याम्पतर्फ जाँदै गरेका १५ देखि २५ वर्ष उमेर समूहका ती कामदारलाई बन्दुकधारीले भ्यान रोक्न लगाई ओरालेर गोली हानेको स्थानीय अधिकारीहरुको भनाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
घटनामा तालिवानको संलग्नता रहेको अनुमान गरिएको छ । तालिवानले मुश्लिमहरुको परम्परागत धार्मिक महिना रमादानको उपवासका क्रममा समेत आक्रमण जारी राख्ने चेतावनी थियो ।
Agencies