प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । रहस्यमय मोटर साइकल दुर्घटनामा परि मृत्यु भएका नेपाली कांग्रेसका नेता, समाजसेबी, शिक्षा प्रेमी, बिकासबादी नेता स्व. चन्द्रमणि पाण्डेको प्रथम बार्षिकीको अबसरमा नेपाली कांग्रेस अर्घाखाँचीले जिल्ला अस्पतालमा रहेका बिरामीलाई आज फलफुल बितरण तथा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
गोरुसिंगेबाट सन्धिखर्क आउदै गर्दा कपिलबस्तुको बिरपुरमा भएको रहस्यमय मोटर साइकल दुर्घटनामा घाइते भएपछि उपचारको क्रममा पाण्डेको काठमाण्डौमा निधन भएको थियो ।
समाजसेबी, शिक्षा प्रेमी, बिकासबादी ब्यक्तित्व स्वर्गिय चन्द्रमणि पाण्डे नेपाली काग्रेसका क्षेत्र नम्बर १ का सभापति, प्याबसन अर्घाखाँचीका जिल्ला अध्यक्ष, गैरसरकारी सस्था महासंघ अर्घाखाँचीका जिल्ला सचिब , लायन्स कल्बका जिल्ला अध्यक्ष जिल्ला अस्पताल अर्घाखाँचीका निबर्तमान अध्यक्ष लगायत एक दर्जन भन्दा बढि संघ सस्थामा आबद्ध रहनु भएको थियो ।
जिल्ला अस्पतालमा रहेका बिरामीलाइ फलफुल बितरण , स्वर्गिय पाण्डेको फोटामा माल्यार्पण, पछि भएको श्रद्धाञ्जली सभामा मन्तब्य राख्दै नेपाली काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसालले स्वर्गिय चन्द्रमणि पाण्डेको निधनले नेपाली काग्रेसलाइ अतुलनीय क्षती पुगेको बताउनु भयो । अर्घाखाँचीमा राजनिति, शिक्षा,र समग्र बिकासको क्षेत्रमा गरेको योगदानको चर्चा गर्दै स्वर्गिय पाण्डेले देखाएको बाटोमा हामी सबै लाग्नु पर्ने काग्रेस सभापति भुसालले बताउनु भयो ।
कार्यक्रममा जिल्ला अस्पताल का प्रमुख डा. यमबहादुर बस्नेत, जनस्वास्थ्य अधिकृत लिलाराज गौतम, नेपाली काग्रेसका जिल्ला कोषाध्यक्ष हरिबहादुर खड्का, जिल्ला सदस्य कृष्णप्रसाद खनाल, ज्ञानबहादुर बिक, ट्रेड युनियन काग्रेसका जिल्ला अध्यक्ष नन्दराम भटराइ, उद्योग बाणिज्य संघका महासचिब नेत्रप्रसाद भुसाल, महिला संघकी जिल्ला सचिब शान्ता भण्डारी, पत्रकार महासंघका निबर्तमान अध्यक्ष नीमबहादुर रिजाल, जिल्ला सचिब प्रेमनारायण आचार्य, काग्रेस सन्धिखर्कका सभापति नेत्रप्रसाद भटराइ, किमडाडाका सभापति हुमप्रसाद बञ्जाडे, नेबिसंघका जिल्ला कोषाध्यक्ष नेत्रप्रसाद मरासिनी लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
श्रद्धाञ्जली सभा नेपाली काग्रेसका जिल्ला सचिब लोकेन्द्र बिश्वकर्माको सञ्चालनमा सम्पन्न भएको हो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।