अविरल वर्षापछिको बाढीले कैलाली डुबानमा, सयौ परिवार विस्थापित

कैलाली  । अविरल वर्षापछिको बाढीले कैलालीको विभिन्न क्षेत्र डुबानमा परेको छ । धनगढी नगरपालिका र कैलालीका विभिन्न गाविसका सयौं घर डुबानमा परेका हुन् ।

 

सदरमुकाम धनगढीमा समेत बाढीले धेरै घर डुबाएको छ । धनगढीको शिवनगर, विशालनगर, बसन्तटोल, जोखरताल, मेन रोडलगायत क्षेत्रमा बाढीले घरमा समेत क्षति पु-याएको छ । दुई सयभन्दा बढी परिवार विस्थापित भएका छन् ।

कन्द्रा नदीको डुबानमा परेका कैलालीको पहलवानपुरको घुम्नी भाकलका ८५ परिवारलाई विद्यालयमा राखिएको छ । डुबानमा परेका अरु परिवारलाई सुरक्षित स्थानमा सार्ने क्रम जारी छ ।


धनगढी नगरपालिकाको शिवनगर, बसन्तटोल, क्याम्पस रोड, सेतोपुल क्षेत्रका ५० भन्दा बढी परिवार विस्थापित भएका छन् । धनगढी नगरको क्याम्पस रोड क्षेत्रका दर्जनौ घरमा खाद्यान्न नष्ट भएको छ ।


कनरी नदीले उर्मा, फूलबारी, बेलादेवीपुर गाविस र धनगढी नगरपालिकाका केही बस्तीका घरमा क्षति पु-याएको छ । हुलाकी मार्गमा निर्माण भैरहेका कल्भर्ट समेत बाढीले बगाएको छ ।


जसका कारण धनगढी