– उमाकान्त पाण्डे गाउंले
स्वथ्य जीवनशैलीको प्रबर्दन भन्दै दुबइ नगरपालिकाले प्रत्येक ३० दिने चुनौतीमा घट्ने एक किलो तोल बराबर चार हजार रुपैया प्रदान गर्ने भएको छ ।
दुबइमा मुसलमान हरुको पवित्र चाड रमादानको अवसर पारेर सुरु गरिएको सो प्रतियोगितामा भाग लिन इच्छुकले शुक्रबार देखी नै नाम र आफ्नो तौल दर्ता गरि सकेका छन । यस् को लागि कुनै आधार राखिएको छैन । प्रतियोगितामा जो कसैले पनि सहभागिता जनाउन सक्ने छन ।
दुबइ नगर पालिकाका महानिर्देशक हुसेन लुटाहाले ‘तपाईंको तौल सुनमा’भन्ने योजना घोषणा गरेका हुन ।
दुबइमा रहेकी फेसन पत्रकार लुइस फेस्टरका अनुसार दुबइका बासिन्दा विलासिता तिर लागेकोले भद्दा पन बढेको भन्ने तथ्य प्रस्तुत गरेकी छन ।
मान्छेको त्यही बढ्दो भद्दा पन घटाउन यस्तो योजना ल्याइएको हो ।
‘तपाईंको तौल सुन मा’ भन्ने योजनाको ३० दिनमा ३ जनालाई छनौट गरिने छ । छनौटमा परेका उनीहरुलाई ५४ सय अमेरिकी डलर पुरस्कार दिईने छ ।