काठमाडौं । एकिकृत नेकपा माओवादी आजदेखि एकल नेतृत्वमा गएको छ । ललितपुरको खन्ना गार्मेन्टमा पारित भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनले पार्टीलाई निर्वाचनसम्मका लागि एकल नेतृत्वमा लगेको हो। प्रतिवेदन पारित भएसँगै अध्यक्ष प्रचण्डबाहेक सबै केन्द्रीय सदस्य मात्रै रहनेछन् ।
बाबुराम भट्टराईले उपाध्यक्षबाट राजिनामा दिएसँगै चुलिएको विवाद मिलाउन सबै पदाधिकारीलाई राजिनामा गराउन लागिएको हो । उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिब पोष्टबहादुर बोगटीले भने एकल नेतृत्वमा जाने निर्णयप्रति असन्तुष्टी जनाउँदै राजिनामा दिएका थिए।
संविधानसभाको निर्वाचनपछि बस्ने पार्टीको संगठनात्मक बैठकलेनै पदाधिकारीबारे टुंगो लगाउने प्रतिवेदनमा उल्लेख छ ।
२०६१ सालमा भएको चुनवाङ बैठकबाट दाहालले सवै नेतालाई एक तह घटुवा गरि आफूमात्र अध्यक्ष भएका थिए ।
RSS