चीनको उत्तर पश्चिम गान्सु प्रान्तमा गएको भूकम्पमा परि कम्तिमा ४७ जनाको मृत्यु

बेइजिङ । चीनको उत्तर पश्चिम गान्सु प्रान्तमा गएको भूकम्पमा परि कम्तिमा ४७ जनाको मृत्यु भएको छ । दिङसी शहरलाई केन्द्रबिन्दू बनाइ आएको ५ दशमलब ९८ म्याग्नेच्यूटको भूकम्पका कारण २२० भन्दा बढी गम्भिर घाईते भएका छन् ।


भूकम्पबाट ३ सय ८० भन्दा बढी घर पूर्ण ध्वस्त भएका छन् । पाँच हजार छ सयभन्दा बढी घर क्षतिग्रस्त भएको स्थानिय अधिकारीहरुले जनाएका छन् । भूकम्पका कारण विद्युत आपूर्ति बन्द भएको छ । सञ्चार सम्पर्क विच्छेद भएको बताइएको छ ।


उद्धार र राहतको काम तीब्र पारिएको अधिकारीहरुले जनाएका छन् । चीनको सिचुवान प्रान्तमा सन् २००८ आएको भूकम्पमा परि ९० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

 

Agencies