आदिवासी जनजातीको बन्दले रुपन्देहीका प्रमुख व्यापारिक नाका बुटवल, भैरहवा लगायतका क्षेत्र प्रभावित

बुटुवल  । सरकारले आदिवासी जनजाती सहितको लक्षित समुहको संयन्त्र खारेज गरेको विरोधमा गर्दै आदिवासी जनजातीले रुपन्देही बन्द गराएका छन् ।

 

आदिवासी जनजाती, दलित, मुस्लिम, अल्पसख्यक लगायतका समुदायको प्रतिनिधित्व रहने गरि सवै जिल्लामा गठन गरिएको उक्त संयन्त्रलाई खारेज गरेको भन्दै जिल्ला बन्द गरिएको हो ।

 बन्दले रुपन्देहीका प्रमुख व्यापारिक नाका बुटवल, भैरहवा लगायतका क्षेत्र प्रभावित भएका छन । यातायातका साधन, शैक्षिकसंस्था, उद्योगकलकारखाना बन्द हुँदा रुपन्देहीको जनजीवन प्रभावित भएको छ ।


 २०६२/०६३ को आन्दोलन सफल भएपछि सरकारले लक्षित समुहको संयन्त्र गठन गरि प्रत्येक गाविसमा ३५ प्रतिशत बजेट सो समुहलाइ छुट्टाउनुपर्ने व्यवस्था गरेको थियो । तर गत जेठ २९ गते स्थानीय विकास मन्त्रालयले उक्त संयन्त्र खारेज गरेको थियो ।

 

RSS