अविरल वर्षाको कारण रुपन्देहीको सदरमुकाम भैरहवा फेरि डुवानमा


भैरहवा  । अविरल वर्षाको कारण रुपन्देही सदरमुकाम भैरहवाका विभिन्न क्षेत्र डुवानमा परेका छन् । सिद्धार्थनगर नगरपालिकाले ढल निकासको राम्रो ब्यवस्था गर्न नसकेका कारण भैरहवाका अधिकांश क्षेत्र डुवानमा परेका हुन् ।

अविरल वर्षाका कारण सिद्धार्थनगर नगपालिकाको कार्यालयसहित पक्लीहवा, भैरहवा गाउँ, बैक कलौनी, जनकपथ, जिल्ला प्रहरी कार्यालय, अध्यागमन कार्यलय, बैकरोड, झण्डी बजार लगायतका क्षेत्र डुवानमा परेका छन् ।


नगरपालिकाले समयमै ढल निकासमा ध्यान दिन नसक्दा वर्षेनी डुवानको समस्या झेल्नु परेको स्थानीयवासीको गुनासो छ ।

 

RSS