दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्शन मण्डेलाको स्वास्थ्यस्थितिमा केही सुधार

मण्डेलाको स्वास्थ्यमा केही सुधारकेप टाउन । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्शन मण्डेलाको स्वास्थ्यस्थितिमा केही सुधार आएको अस्पतालले जनाएको छ । 



फोक्सोमा संक्रमण भएपछि केही सातादेखि अत्यन्तै गम्भीर अवस्थामा उपचारका लागि पिट्रोरिया अस्पतालमा उपचार गराईरहेका मण्डेलाको स्वास्थ्य अवस्थामा सुधार आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 



गत डिसेम्बरमा पनि फोक्सोमा संक्रमण र पित्त थैलीमा रहेको पत्थरीको उपचारका लागि मण्डेलालाई अस्पताल भर्ना गरिएको थियो । 



रंगभेद विरोधी आन्दोलनको क्रममा २७ वर्ष जेल जीवन विताएर दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति बनेका मण्डेलालाई उनको योगदानका कारण विश्व राजनीतिले सधै सम्मानकासाथ सम्झिने गरेको छ ।



 



Agencies