काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले राजसंस्था फर्कन सक्ने गरी भइरहेका पछिल्ला क्रियाकलाप र नेताहरुको अभिव्यक्तिप्रति चिन्ता व्यक्त गरेका छन् । भोलिदेखि आफूले गर्न लागेको भारत भ्रमणबारे जानकारी दिन आज विहान राष्ट्रपति भवन पुगेका एमाले वरिष्ठ नेता माधव नेपालसँग राष्ट्रपति यादवले चिन्ता व्यक्त गरेका हुन् ।
गणतन्त्र नै धरापमा पार्ने गरी आएका अभिव्यक्ति र निर्वाचन विरोधी क्रियाकलापप्रति राष्ट्रपति यादवले चिन्ता व्यक्त गर्नुभएको नेता नेपालले जानकारी गराए । राष्ट्रपति यादवले मंसीर ४ को निर्वाचन कुनै हालतमा गर्नुपर्ने भन्दै त्यसका पक्षमा दृढताका साथ लाग्न नेता नेपाललाई आग्रह गरे ।