ब्राजिल । ब्राजिलको शहर रियो दि जेनेरियोमा लाखौं क्याथोलिक युवा भेला भएका छन् ।
रियो दि जेनेरियोको प्रशिद्ध समुद्री तट कोपाकेबानमा भेला भएका विश्वभरका ती युवाले पाँच दिनसम्म त्यहाँ २८ औं अन्तर्राष्ट्रिय युवा दिवस मनाउने छन् । समारोहलाई पोप फ्रान्सिसले भोली बिहिबार सम्बोधन गर्ने कार्यक्रम छ ।
यसका लागि पोप फ्रान्सिस पनि ब्राजील पुगिसक्नुभएको छ । कार्यक्रममा १५ लाख युवा सहभागि हुने अनुमान गरिएको छ ।
सरकार बिरोधी प्रदर्शनकाबीच आयोजना गरिन लागेको युवा दिवसलाई ध्यानमा राखी देशभर सुरक्षाब्यबस्था कडा बनाइएको छ । यद्यपि, पाँच दिनसम्म कुनै बिरोध नगर्ने प्रदर्शनकारीले स्पष्ट पारेका छन् । यो दिवस पाँच दिनसम्म मनाइनेछ ।
Agencies