८० हजार पारिश्रमिक दिने सहितको खोज पत्रकारिता प्रस्ताव आह्वान

– उमाकान्त पाण्डे गाउंले  
खोज पत्रकारिता केन्द्र (खोपके) ले ओपन सोसाइटी फाउन्डेसनको सहयोगमा वर्ष २०१३ का लागि विविध विषयमा खोज पत्रकारिता अभियान सुरु गरेको छ । यस अभियानका मुख्यतः दुई उद्देश्य रहेका छन् ।
१. खोज पत्रकारिता गर्न इच्छुक र उत्साही पत्रकारलाई आर्थिक सहायता तथा सम्पादकीय परामर्श उपलब्ध गराउने ।
२. खोज पत्रकारिताको व्यवहारिक अभ्यास मार्फत पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने ।
यि उद्देश्य पूर्तिका लागि खोज पत्रकारिता केन्द्रले इच्छुक पत्रकारहरुबाट तोकिएको फर्ममा खोज प्रस्ताव सहितको आवेदन आह्वान गरेको छ ।
खोज समाचार संख्याः १०
कामको प्रकृति र दायित्वः 
छनोटमा परेका प्रस्तावका विजेता पत्रकारले केन्द्रका सम्पादकको परामर्श र सम्पादकीय सल्लाह बामोजिम कम्तीमा तीन हजार शब्दको खोज समाचार तयार पार्नु पर्नेछ । समाचारका साथमा आवश्यक तस्बिर तथा प्रमाण पेश गर्नुपर्ने छ ।
योग्यताः
कम्तीमा स्नातक तह उतीर्ण गरी तीन वर्षदेखि समाचार लेखनको क्षेत्रमा काम गरिरहेका र प्रवीणता तह उत्तीर्ण गरी कम्तीमा पाँच वर्षदेखि समाचार लेखन कार्यमा संलग्न रहेका पत्रकारले प्रश्ताव पेश गर्न सक्ने छन् ।
कार्यविधिः 
छनौटमा परेका पत्रकारका लागि केन्द्रले अनुसन्धान सीपका सम्बन्धमा दुई दिने कार्यक्रम आयोजना गर्नेछ । त्यसपछि स्थलगत रिपोर्टिङमा जानु पर्नेछ । स्थलगत रिपोर्टिङ गर्दा सम्पादकसँग सम्पर्कमा रही आवश्यक परामर्श लिनु पर्नेछ ।
अवधिः 
करारनामा हास्ताक्षर भएको पहिलो दुई महिनाभित्रमा ड्राफ्ट रिपोर्ट पठाउनु पर्नेछ र तीन महिना भित्र गहन खोज समाचार तयार गरिसक्नु पर्नेछ ।
पारिश्रमिकः
गुणस्तरीय खोज समाचारको निम्ति खोपकेले अधिकतम् ८० हजार रुपैयाँ उपलब्ध गराउने छ । जसमा समाचारका लागि अधिकतम ५० हजार रुपैयाँ र रिपोर्टिङका लागि अधिकतम् ३० हजार रुपैयाँ खर्च उपलब्ध गराउने छ । स्थलगत रिपोर्टिङका खर्च वास्तविक बिल भौचरका आधारमा भुक्तान गरिने छ । तर खोज समाचारको परितोषिकको भुक्तानी सम्पादकले निर्णय गरे बमोजिम हुनेछ ।
खोज समाचारका मुख्य क्षेत्रहरुः
शिक्षा, स्वास्थ्य, वन, जलविद्युत, स्थानीय विकास एवं कृषि लगायतका क्षेत्रमा हुने भ्रष्टाचार तथा दण्डहीनता मानवअधिकार उल्लङ्घन, खाद्य सुरक्षा, जलवायु परिवर्तन आदि ।
प्रस्तावकले आफ्नो व्यक्तिगत विवरण (CV) सहित पत्रिकामा प्रकाशित/ रेडियोमा प्रसारित/ टीभीमा प्रदर्शित दुईवटा खोज समाचार र आफुले खोज गर्न चाहेको विषयसँग सम्बन्धित खोज प्रस्ताव, विषय छनोटको कारण र अनुसन्धानको विधि समेत खुलाएर २०७० साउन १५ गते (३० जुलाई २०१३) भित्र हुलाक वा इमेल मार्फत खोज पत्रकारिता केन्द्रको कार्यालयमा पठाइसक्नुपर्नेछ । खोज प्रस्ताव पेश गर्ने नमूना फर्म खोपकेको वेबसाइट वा इमेल मार्फत प्राप्त गर्न सकिने छ ।
खोज पत्रकारिता केन्द्र नेपाल
पूर्णचण्डीमार्ग, जावलाखेल, ललितपुर, नेपाल
फोनः ५५३१४३४
पो.ब.न. २४८४६
इमेलः mail@cijnepal.org
वेबसाइटः http://www.cijnepal.org