मेरो कथा “त्यो रात”

– बाबु रोका मगर “अपरिचित”
कुरा २०५९ साल “माघ” महिना को हो | जाडो को दिन भएको हुनाले मैले कान ढाक्ने गरी न्यानो टोपी अनी ज्याकेट लगाएको थिए | म कुनै काम ले एक्लै काठमान्डौ जानु पर्ने थियो | मेरो घर अर्घाखाँची भएता पनि म त्यती बेला प्यूठान हुँदै भालुवाङ बाट काठमान्डौ जाने क्रम मा थिए | सरकार र माओवादी को द्दन्द चली रहेको थियो द्दन्द कालिन समय भएको हुनाले साँझ ६-७ बजे बाट कर्फ्यु सुरु हुन्थ्यो | 
मैले काठमान्डौ को लागि भालुवाङ बाट अर्को बस बदलेर जानु पर्ने भयो | भालुवाङ मा नै साँझ को ४ बजी सक्यो छोटो दिन भएको हुनाले साँझ पनि चाडै नै पर्‍यो मैले ड्राइभर सँग सोधे “गुरु जि साँझ त यही हुन लाग्यो आज हामी कहाँ सम्म पुग्छौ होला? गुरु जि ले भन्नु भयो “गोरुसिङे सम्म पुग्छौ कि त्यहाँ पुग्दा पुग्दै कर्फ्यु सुरु हुन्छ के गर्ने”? केही क्षेण पछी बस भालुवाङ बाट अघी बढ्यो |
गुरु जि ले बस निकै भगाउथे सररर….बाइरोड को बाटोमा धुलो उडाउदै भन्ने गीत पनि बजाए यात्रा रमाइलो लागिरहेको छ तर बिच-बिच मा यात्रीहरु चढ्ने र ओर्लने ले अली न मजा पनि लागेको थियो | यात्रा कै क्रम मा धान खोला जाँदा जाँदै झमक्क साँझ पर्‍यो | धान खोला भन्दा उता थोरै अगाडि जंगल सुरु हुन्छ त्यो ठाँउ को नाम चाँही थाहा भएन | त्यहाँ अन्दाजी १८-१९ बर्ष कि एक जना केटी ले बस रोक्ने ईशारा गर्दै हात दीइ रहेकी थिइन अनी गुरु जि ले पनि ति केटी नजिकै गएर बस रोकिदिए कन्डक्टर ले सोधे “कहाँ जाने हो”? केटी ले जवाफ दीइ “बुटवल सम्म”, ” ल..ल.. आउनु” कन्डक्टर ले भन्यो | 
केटी बस भित्र प्रवेश गरी बस मा १-२ वटा सिट खाली थिए म चाँही क्यबिन को पछाडि पट्टी पहिलो सिट मा बसेको थिए म बसेको सिट मा एक जना को लागि खाली थियो र म पछाडि को अर्को सिट पनि खाली नै थियो ति अन्जान केटी बस मा चढे पछी बस भित्र चारै तर्फ नजर घुमाइ र अन्त मा म सँग सोधी “म यहाँ बसु”? मैले भने “हुन्छ नि बस्नुस | कन्डक्टर ले पनि भने अ अ त्यही बस्नुस ढिला भईसक्यो अहिले गाडी यतै रोक्नु पर्छ अनी |  
केटी त देख्दा खेरी अती सुन्दर थीइ चट्ट परेको शरीर तेजिला आँखा..कालो अनी लामो कपाल त्यसैमा सेतो फुल सिउरिएकी, कालो कुर्ता पहिरिएकी चम्किलो मुहार उसको बोलिमा पनि मिठास थियो | तर मलाई भने केटी सँग बोल्न साह्रै लाज लाग्दथ्यो | उ म सँग कुरा गर्ने सुरसार मा थीइ यतिकैमा उस्ले मेरो गन्तब्य लाई सोधी “म काठमान्डौ सम्म” ए होर? फेरी परिचय मागी मैले आफ्नो परिचय दिए र उ सँग पनि परिचय मागे उसले आफ्नो नाम “बिना क्षेत्री” बताइ | फेरी मैले नै सोधे अनी घर चाँही कहाँ हो नि? हाँस्दै भन्छे “घर? घर त मेरो लागि म जहाँ जान्छु त्यही नै हो मेरो घर” हा.हा.हा. अनी म चुप लागे फेरी उसले आफ्नो घर नबताइ अरु कुरा गर्न लागि मलाई केटीहरु सँग बोल्न लाज लाग्ने भएको हुनाले म धेरै बोल्न सकेन | उ भने पटर-पटर बोलिरहेकी थीइ जवानी का कुराहरु माया प्रिती का कुराहरु आदी इत्यादी | मलाई यस्तो लागि रहेको थियो कि उ यो लाइन मा राम्रो सँग भिजेकी छे…|
साँझ झपक्कै परी सक्यो मलाई जाडो भयो मैले बसको सिसा बन्द गर्न खोजे उसले रोक्दै भनी “नाइ-नाइ सिसा बन्द नगर्नु न” मैले भने “जाडो भयो के चिसो हावा घुस्यो”  “लौनु न यो सल ओढ्नु” सल दिदै भनी मैले भने “भो-भो पर्दैन धन्यवाद” किन? मैले दिएको सल ओढ्न हुँदैन र? उसले भनि होइन-होइन त्यस्तो केही होइन मैले कुरा तर्काए | उसले अचम्म-अचम्म को कुरा गर्थी म दंग परी रहे यता कता मेरो मन मा कुरा खेल्दै थियो यो कस्तो खाल्को केटी रहे छे |
मैले मेरो ब्याग बाट बदाम निकाले र उसलाई पनि बदाम खाने आग्रह गरे “लिनुस् बदाम खानुहोस्” उ भन्छे “ए बदाम पनि राख्नु भएको छ? तर मेरो पेट नै छैन कहाँ खानु नि हा हा हा हाँस्दै मेरो हात बाट बदाम निकाल्दै भनी बदाम राम्रो रहेछ है” म चुप लागे फेरी म संगै टसिएर भन्न लागि “जाडो भयो? म तपाईंको जाडो भगाई दिउ” हाँस्छे, मोरी को हांसो पनि कती राम्रो मलाई त उसले पागलै बनाउन थालिकि थीइ मैले भने के गरेको अहिले मान्छेले देखे भने के भन्लान..?देखे के भयो त..? हामीले कुनै गलत काम त गरेका छैनौ नि? म लाजले अरु केही बोल्नै सकेन | कतिबेला गीत पनि गुन गुनाउथी मैले अली अली बुझेको थिए उसको गीत मधुरो आवाज मा सुनिने गरी एउटा गीत यस्तो गाएकी थीइ “मेरो जिन्दगी जिन्दगी रहेन सुख्खा बगरमा रमाउनु पर्‍यो यो सुन्सान जंगल मा बर्षात सरी आसुँ बगाउनु पर्‍यो ” |
मलाई निन्द्रा मा सपना देखेको जस्तो लागि रहेको थियो मैले राम्रो सँग बुझ्न सकिरहेको थिएन मेरो साथ के भईरहेको छ र के हुँदै छ  | बस आफ्नो गती मा हाकी रहेको थियो मैले उसलाई फेरी सोधे “तपाइको परिवार मा को-को हुनुहुन्छ”?  
फेरी पनि त्यस्तै जवाफ “को हुनु?एक्लै आएकी थिए एक्लै नै छु अहिले सम्म | तर मेरो परिवार मा तपाईं पनि हुन सक्नु हुन्छ? मलाई हेरेर मुस्कुराएर भनी म पनि मुस्कुराएर उता फर्किए | कुरा निकै रमाइलो गर्दी रै छे मोरि ले कुरा गर्दा गर्दै हामी हरु चन्द्रौटा आई पुगेछौ त्यहाँ चेक पोस्ट थियो सबैले आ-आफ्नो ब्याग,सामान चेक गराएर मात्र अघी जानु प्रथ्यो | मैले उसलाई भने “चेक पोस्ट आयो झरेर ब्याग चेक गराउनु”,यिनिहरुले मलाई देख्न सक्दैनन मैले के को ब्याग चेक गराउने नि..? हाँस्दै भनी |”के गरेको आफुसँग भएको ब्याग त चेक गराउनु पर्छनी जाँउ आउनु”, “हुन्छ-हुन्छ म आए तपाईं आफ्नो ब्याग चेक गराउदै गर्नु न”| 
म आफ्नो ब्याग चेक पोस्ट मा चेक गराउदै उसलाई फर्केर हेरे तर म उसलाई त्यहाँ कतै देखेन बस भित्र दुई जना सुरक्षा कर्मी पनि गएर जाँच गरे का थिए | सुरक्षा कर्मी ले पनि भन्दै थिए “जान देउ कोही पनि छैन” त्यती बेला प्रत्यक चेक पोस्ट मा ड्राइभर,सिकिस्त बिरामी र अपाङ्ग बाहेक बस मा कोही पनि बस्न पाउदैन थ्यो | म अचम्म परे केटी कहाँ गै छे? केही पर पुगेपछी बसमा सबै जना चढे म पनि चढे केटी त बस भित्र नै रै छे…..? अनी मैले सोधे “किन न झरेकी तपाईं”? “अरे म झरेर आफ्नो ब्याग चेक गराइ सकेकी थिए” “तर मैले त तपाईंलाई त्यहाँ कतै पनि देखेन”? ऊ हाँस्दै भन्छे “कहिले काँही म हावा मा हराउने गर्छु क्या” हा..हा..हा. आsss  मजाक गर्नु हुन्छ यार तपाईं?  
फेरी केही छिन को यात्रा पछी हामीहरु गोरुसिङे पुग्नु पर्ने थियो तर त्यहाँ सम्म पुग्न सकेनौ कर्फ्यु सुरु भईसकेको कारण ले गर्दा हामीहरु गोरुसिङे भन्दा यस्तै १ किलो मिटर पछाडि रात काट्नु पर्ने स्थिती आयो | होटलहरु सबै बन्द भईसकेका रहेछन अब के गरौ त भनेर सोची रहेको थिए यतिकै मा कन्डक्टर ले भने “ल रात पनि पर्‍यो कर्फ्यु पनि सुरु भईसकेको छ होटलहरु सबै बन्द छन आज बस भित्रै बसेर रात कटाउने सबै आ-आफ्नो सिट मा दु:ख-सुख सहेर सुत्ने”| अनी हामीहरु सबै बस भित्र बस्यौ र आ-आफ्नो सिट मा डल्लो परेर सुत्न वाध्य भयौ | 
यतिकैमा उसले भनी “सुत्ने हो र? मलाई त निन्द्रा नै लागेको छैन बरु केही कुरा गरौ न है” कुरा गर्ने मन त मेरो पनि न भएको होइन तर अन्जान केटी त्यो माथि कुरा पनि सिधा तरिकाले न गर्ने|म दंग परीरहेको छु | म मौन रहे |फेरी भन्छे “ए साँच्चै उ त्यहाँ गएर बसौ न है? सडक देखी बाहिर काँडा हो या केही बोट बिरुवा को झुडी थियो त्यतै तिर ईशारा गर्दै बताइ | मैले भने “धैत कहाँ बाहिर जाने कुरा गरेकी कर्फ्यु लागेको थाहा छैन? बिना पानीको गोली खाएर मर्ने मन छ र”…? “मरी सकेको मान्छे लाई फेरी मर्न के को डर” भन्दै हाँस्छे | के न चाहिने मजाक गरेको यार… तपाईं।।? म त सुते है यती भनेर म आफ्नो सिट मा डल्लो परे | उ भने बसी रहेकी थीइ यतिकै मा म निदाउन पुगेछु |
भोली पल्ट बिहान करीब ४ बजे तिर कता-कता मधुर आवाज मा कोही गुन गुनाएको जस्तो लाग्यो | त्यो गुन गुनाएको आवाज बाट एउटा शब्द मेरो कान मा पर्न गयो “जाल मा परेको शिकार लाई छोड्नु पर्‍यो”| अनी मेरा यि निदाएका आँखा बिस्तारै खोलेर हेरे तर त्यो अन्जान केटी त्यहाँ बाट गायब भएकी थिइ बस का सबै झ्याल ढोका बन्द नै थियो सबै जना मस्त निन्द्रा मा थिए |म झस्किए,मलाई सपना हो कि जस्तो लाग्यो म बुझ्नै सकेन म एक छीन ट्वाल्ल परी रहे | म बसेको पल्लो पट्टी को सिट मा कन्डक्टर सुती रहेको थियो मैले उसलाई उठाएर सोधे “यहाँ म सँग बसेकी एउटी लेडिज थिइन कहां गैछिन? कन्डक्टर ले भन्यो “को लेडिज”? “अरे हिजो म सँगै मेरो सिट मा बसेकी थि न त..? धान खोला को जंगल बाट चढेकी थिइ” कहां मजाक गर्नु हुन्छ हिजो बाट तपाईं एक्लै सिट मा बस्नु भएको छ | म त झन झसँग भए | के हो? मैले बुझ्न सकेन…..| म बसेको सिट मा गलैची को सेतो फुल खसेको थियो | मेरो नजर झट्ट त्यो फुल मा गयो मैले त्यो फुल लाई हात मा उठाएर हेरे त्यस्तै फुल त्यो केटीको कपाल मा मैले हिजो देखेको थिए | 
एकै छीन पछी हामीहरु काठमान्डौ तर्फ लाग्यौ |
केही महिना पछी एक जना धान खोला मा दाउराको ब्यबसाय गर्ने मान्छे सँग मेरो भेट भयो मैले घटनाको वारेमा उनिलाई बताए | उनले भन्दै थिए केही बर्ष पहिले एक जना केटी को लास यो जङलमा भेटिएको थियो उनले प्रेम म&a