टयुनिसियाका विपक्षी नेता मोहम्मद ब्राहिमीको गोली हानी हत्या गरिएको छ ।
राजधानी ट्युनिसमा रहेको ब्राहिमीको निवासमा अज्ञात बन्दुकधारीले उनकी श्रीमती र छोराछोरीकै अगाडि हत्या गरेको हो।
ब्राहिमीले पिपुल्स पार्टीको राष्ट्रवादी अभियानको नेतृत्व गरेका थिए । ब्राहिमी नयाँ संविधानको डाफ्ट तयार पार्ने आयोगका सदस्य समेत थिए ।
ट्युनिसियामा यसअघि पनि अर्का विपक्षी नेताको गोली हानी हत्या गरिएको थियो । यसपछि त्यहाँ प्रदर्शनले उग्र रुप लिएको थियो ।
Agencies