खाचिकोट गाबिसको भुजुङे, दुवार, मर्का खोला, शान्तीनेटा, डिहिडाँडा लगायतका गाउँहरुमा लगातार परेको भीषण बर्षाले उच्च जोखिम, बिस्थापितको संघारमा

खाचिकोट,  अर्घाखाँची । अर्घाखाँची जिल्ल्लाको खाचिकोट गाबिसका कयौ गाउँ केही दिन देखि परेको लगातार बर्षाले जोखिममा परेका छन्।

 


 

बिगत केही दिन देखि परेको लगातार  भीषण बर्षाले गर्दा खाचिकोट गाबिस-२ भुजुङेका करिव ४० घर धुरी बस्ने सिङो भुजुङे गाउँ नै अहिले ठुलोपहिरो र  सबै घर चर्किदा उच्च जोखिममा परेको हो।  



गाउँमा  रहेका सबै जसो घर चर्केका र जमिन पडिक्दा गाउँ नै बिस्थापितको संघारमा छ भने  कति खेर र कहिले पहिरोले घर नै लान्छ भन्छन स्थानिय कुल बहादुर नेपाली ।

 


 

झन ठुलो पानी पर्दा रात भर जाल्त्रस हुन्छ निद लाग्दैन ,भोक छोइन ,कतिखेर के हुने ? आज भन्दा २२ बर्ष अघी २0४७ मा यस्तै भ्एको र त्यसपछी २०५७ सालमा पनि यस्तै भ्एको र अहिले १२/१३ बर्षपछी  पुन: यस्तो भीषण पानी आएर सिङो गाउ नै बगाउने अबस्था आएको स्थानिय पुन बहादुर नेपाली  बताए। अहिले पनि सिङो बर्षा बाँकी रहेकोले अझै के-के हुने हो उनले चिन्ता गरेर भने यस् भन्दा पहिले २०५७ सालमा आएको पहिरोले घर चर्किदा र पड्किदा जिबिसबाट थोरै भए पनि राहत पाएको र यसपालि भने सम्बन्धित निकायले  वेवस्था  गुनासो गरे ।

 


 

अहिले  स्थानिय बुधे नेपाली, बसन्त नेपाली, शन्त बहादुर नेपाली, कुल बहादुर नेपाली, सुमित्रा नेपाली, भिम बहादुर नेपालीको ,घर ठुलो जोखिममा रहेका छन्। 



त्यसैगरी मधु नेपाली, गगा बहादुर, देउकी परीयार, पुन बहादुर नेपाली, नर बहादुर, देब बहादुर, ईन्द्र बहादुर, हरिलाल नेपाली, लाल बहादुर, शिव बहादुर, प्रेमिका मगर, प्रेम बहादुर घर्ती, वीर बहादुर नेपाली, रुपा नेपाली, गंगा, मान बहादुर, ललिता नेपाली, राम बहादुर नेपाली , बिष्णु नेपाली , शान्ता नेपाली , हुम्कला,उमा कला ,डल्ली नेपाली ,टेक बहादुर नेपाली , डम्बर नेपाली ,राम लाल खनाल, दुर्गा बहादुर बि क, सरस्वता बिक, जुठी परीयार, बिन्ती नेपाली र कमला नेपाली लगायतका घर जोखिममा रहेका छन्। भने पुन: ठुलो पानी परेमा सिङो गाउँ नै बग्ने ठुलो खतरा बढेको छ ।

 


 

यसैगरी खाचिकोट-४ को दुवारमा रहेको फौद बहादुर खत्रीको घर माथिबाट आएको पहिरोको चपेटामा परेको छ । 



पहिरोले घर नै पुर्ने अबस्थामा रहेको छ, यसै गरी वार्ड न्-४ दुवारमा नै रहेको बिष्णु के.सीको घर पनि माथिबाट आएको पहिरोले पुरिने अबस्थामा र ठुलो जोखिम रहेको छ । 



साथै वार्ड-४ मर्का खोलामा रहेको शोब बहादुर मुखिया, सिधी बहादुर मुखिया, तारा बहादुर मुखियाको घर पहिरोको चपेटामा रहेका छन 



यसैगरी खाचिकोट गाबिस वार्ड न्- ८ शान्तीनेटामा रहेको श्री भगवती प्राबि पहिरोको जोखिममा रहेको छ । 



उता समाचार अनुसार खाचिकोट- ५ मा नारायण के.सी र कृष्ण शाहको घर जोखिममा रहेका छन्। 

 

अन्य धेरै फोटोहरु हेर्न तस्बिर पेजमा जानुस् वा तल क्लिक गरी जानुस्: –

 


 





Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु