उत्तरी पाकिस्तानको एक शहरमा गराइएको बम विष्फोटमा कम्तिमा ४९ जना मारिए

इस्लामावाद । उत्तरी पाकिस्तानको एक शहरमा गराइएको बम विष्फोटमा कम्तिमा ४९  जना मारिएका छन् भने एक सय बढी घाइते भएका छन् । 
विष्फोट अफगानिस्तानको सीमा नजिक कुर्रमको आदिवासी क्षेत्रको पाराचिनार शहरमा भएको जनाइएको छ ।
शहरको दुई मस्जिदनजिक गराइएको विष्फोटमा एक सयभन्दा बढी घाइते भएका छन् । 
विष्फोट गराइएको क्षेत्र शिया मुस्लिमहरुको बाहुल्य भएको क्षेत्र हो, जुन सुन्नीहरुको निशानामा रहेको खबरमा उल्लेख छ । 
घटनाको जिम्मेवारी हालसम्म कसैले लिएको छैन ।
Agencies