कुवेतमा संसदीय निर्वाचनका लागि मतदान भइरहेको छ । अघिल्लो वर्षको डिसेम्बर महिनामा संवैधानिक अदालतले प्रक्रियागत खोट देखाउंदै संसद भंग गरेपछि मतदान भएको हो ।
तर, केही विपक्षी समूहहरुले भने आजको निर्वाचन बहिष्कार गरेका छन् । प्रचण्ड गर्मी र मुश्लिम समुदायको पवित्र रमदान महिनाका कारण पनि मतदाताको उपस्थित कम हुने अनुमान गरिएको छ ।
यसअघिको निर्वाचनमा प्रत्येक मतदाताले चार जना उम्मेदवार छान्न पाउनेमा यो व्यवस्था परिवर्तन गरी अहिले एक जना मतदाताले केबल एक जना उम्मेदवारलाई मात्रै मत दिन सक्ने व्यवस्था मिलाइएको बीबीसीले जनाएको छ ।
विपक्षीहरुलाई कमजोर पार्ने योजना अन्तर्गत नै यस्तो नियम लगाइएको विपक्षीहरुको आरोप छ । खाडी मुलुकहरु मध्ये कुवेती संसद बढी शक्तिशाली मानिए पनि लगातारको राजनीतिक तनाबका कारण यसले पूरा समयावधी काम गर्न पाएको छैन ।
Agencies