नेकपा-माओवादी लगायतका दलले बहिस्कार गरेपनि संविधानसभाको निर्वाचनको विकल्पमा जान नसकिने कांग्रेस प्रमुख सुशील कोइरालाको भनाई

काठमाडौं  । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले नेकपा-माओवादी लगायतका दलले बहिस्कार गरेपनि संविधानसभाको निर्वाचनको विकल्पमा जान नसकिने बताएका छन् ।

 

पार्टी कार्यालय सानेपामा कांग्रेसको राष्ट्रिय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति कोइरालाले निर्वाचनका पक्षमा राष्ट्रिय र अन्तर्राष्ट्रिय समर्थन भएकाले पनि चुनावको विकल्प खोज्न नसकिने बताए ।
 
सहभागीहरुलाई तीन दिने प्रशिक्षणमा आगामी संविधानसभा निर्वाचनमा पार्टीको रणनीति र सांगठनिक अवस्था सुदृढ पार्ने बारेमा प्रशिक्षण दिईने कांग्रेसले जनाएको छ ।

 

RSS