संविधानसभा चुनावको एक वर्षपछि नै संविधान जारी गर्ने एकीकृत माओवादीका पु ष्पकमल दाहालको दाबी

काभ्रे  । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आगामी मंसिरमा हुने संविधानसभा चुनावको एक वर्षपछि नै संविधान जारी गर्ने दाबी गरेका छन् । 
आज काभ्रेको बनेपामा वाइसीएलको तेस्रो जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष दाहालले विगतका कमजोरीबाट धेरै पाठ सिकेको भन्दै चुनावपछि एक वर्षभित्रै संविधान जारी गर्ने दाबी गरेका हुन् । 
अघिल्लो संविधानसभामा भएका सहमतिकै आधारमा ५ महिनामै संविधानको मस्यौदा तयार गर्ने उनको भनाई थियो । 
उनले दलहरुबीच सहमति नभए संविधानसभामा मतदानको माध्यमबाटै भएपनि संविधान जारी गर्ने जिकिर समेत गरे ।
 
अध्यक्ष दाहालले नेकपा