प्रशासन र अपराधीबीच मिलोमतो भएका कारण मधेशमा अशान्ति फैलिएको फोरमका उपेन्द्र यादवको आरोप

काठमाडौं  । मधेशी जनअधिकार फोरम नेपालले प्रशासन र अपराधीबीच मिलोमतो भएका कारण मधेशमा अशान्ति फैलिएको आरोप लगाएको छ ।

 

फोरमका अध्यक्ष उपेन्द्र यादवले मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसँग भेटी सशस्त्र प्रहरीकै चौकी अगाडि गोली चल्दा समेत अपराधीलाई कारवाही नगरी प्रहरी मौन देखिनुले तराईमा सुरक्षा अवस्था चिन्ताजनक रहेको पुष्टी भएको बताए ।

 

मधेशमा शान्तिसुरक्षाको माग राख्दै ज्ञापनपत्र बुझाएपछि अध्यक्ष यादवले प्रशासनले नै अपराधीलाई संरक्षण गरेको आरोप लगाए ।
 
मन्त्रिपरिषदका अध्यक्ष रेग्मीले सरकार शान्ति सुरक्षा दिन सक्रिय रहेको बताए ।

 

RSS