उच्चस्तरीय राजनीतिक समितिद्धारा नेकपा-माओवादी वार्तामा नआएकोप्रति चिन्ता ब्यक्त

काठमाडौं  । उच्चस्तरीय राजनीतिक समितिले नेकपा-माओवादी वार्तामा नआएकोप्रति चिन्ता ब्यक्त गरेको छ । आज नयाँ बानेश्वरमा बसेको समितिको बैठकले दुई दुई पटक पत्र पठाउँदा समेत नेकपा माओवादी वार्ताप्रति अनिच्छुक देखिएको भन्दै चिन्ता ब्यक्त गरेको हो । एकातिर वार्ता टोली गठन गर्ने र अर्कोतिर चुनाव बहिष्कार अभियान थाल्ने माओवादीको चरित्रप्रति पनि समितिले आश्चर्य ब्यक्त गरेको छ ।


समिति बैठकले वार्ताबाटै सबै राजनीतिक गतिरोधको निकास खोज्न सकिने भन्दै चुनाव विरोधी गतिविधि नगर्न समेत नेकपा माओवादीसहितका दलहरुलाई आग्रह गरेको छ । आजको समिति बैठकमा क्षेत्र निर्धारणको विषयमा कार्यदलले दिएको प्रतिवेदनबारे पनि छलफल भएको थियो ।


 कार्यदलले क्षेत्र निर्धारणका लागि सम्बैधानिक रुपमै समस्या रहेको निश्कर्षसहितको प्रतिवेदन दिएपछि बैठकले त्यसबारे क्षेत्र निर्धारण आयोगका पदाधिकारीसँग छलफल गर्ने निर्णय गरेको छ । २०६८ सालको जनगणना अनुसार २ सय ४० निर्वाचन क्षेत्रमा घटवढ नहुने गरी क्षेत्र निधारण गर्न आयोग गठन गरिए पनि सम्बैधानिक जटिलताका कारण काम अघि वढ्न सकेको छैन ।

 

RSS