रुपलाल बिश्वकर्मा
साहित्यिक नाम
रुप अनुरागी
दमौली , तनहुँ
हाल : दुबई ( यूएई )
विदेशीको ईशारामा, नाँच्ने होइन नेताजी
जालसाजी राज्नीतिमा,हाँस्ने होइन नेताजी ।।
बुझ्ने गर जनताको, मर्म पीडा भावना
कोरा कागज् सिद्धान्तमा,बाँच्ने होइन नेताजी ।।
शासक् होइन सेवक बने, पुज्ने गर्छन् लोकले
शोषित् पीडित् निमुखालाई,ढाँट्ने होइन नेताजी ।।
साम दाम दण्ड भेदी, राजनीति दोषमा
हिलो छ्याप्दै देश भाँड्दै,फाट्ने होइन नेताजी ।।
स्वार्थ भन्दा माथि ऊठौं, देशभक्ती अँगाल्दै
सत्ता कुर्सी मोह जालमा,मात्ने होइन नेताजी ।।