“शहर पसीछेयौ”

बाबु रोका मगर “अपरिचित” 
असुरकोट-९, जोगिटारी, अर्घाखाँची
गाउँमा हुँदा गुन्यू-चोली मा भेटिन्थ्यौ 
शहर पसिछेयौ यहाँ त टाइट जिन्स-टिसर्टमा भेटियौ |
गाउँ को मेलामा फिने रोटी र सेल रोटीमा भेटिन्थ्यौ 
शहर पसिछेयौ यहाँ त पिज्जा,वर्गर अनी पास्तामा भेटियौ |
गाउँ मा हुँदा उकाली-ओराली ति दुई खुट्टाले गर्थ्यौ 
शहर पसिछेयौ यहाँ त बाइक अनी चिल्लो कारमा भेटियौ |
गाउँ मा हुँदा मुखिया बा को आगनिमा झ्याउरे भाकामा हुन्थ्यौ 
शहर पसिछेयौ यहाँ त केसिनो अनी डिस्को,डान्स वारमा भेटियौ |
गाउँ मा हुँदा “जुना” भनेर चिनिन्थ्यौ 
शहर पसिछेयौ यहाँ त “जुली” मा परिणत भईछेउ |
तिमी शहर पस्यौ आफुले आफुलाई नचिन्ने भयौ 
साँच्चै तिम्रो कमाल हो या शहर को यती छिटो परिवर्तन भयौ |
सबै कुरा अनी संस्कार पनि भुली सकिछेयौ त्यो गाउँ घर को 
अब त्यो पनि बाँकी नराखे अर्धनग्न फेशन यो शहर को |