कैलाली – एमाओवादीका केन्द्रीय सदस्य टोपबहादुर रायमाझीले देशलाई निकास दिनका लागि सबै दलहरू दोस्रो सविधानसभाको चुनावमा अनिवार्य सहभागी हुनुपर्ने बताएका छन् ।
क्रान्तिकारी पत्रकार सङ्घ कैलालीले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रायमाझीले यस्तो बताए । उनले मङ्सिर ४ गते निर्वाचन नभए देश अनिश्चिततातर्फ धकेलिने खतरा रहेकाले सबै राजनीतिक दल चुनावी वातावरण तयार गर्न लाग्नुपर्नेमा जोड दिए ।
नेकपा-माओवादीलगायतका दलले विभिन्न बहाना वनाई संविधानसभाको निर्वाचन हुन नदिन षडयन्त्र रच्नु जनविरोधी कार्य भएको उनको भनाइ थियो ।
दोस्रो संविधानसभाको निर्वाचनको तयारीका लागि कैलाली पुगेका नेता रायमाझीले नेकपा-माओवादीले ज्ञानेन्द्रसँग सहकार्य गर्छौं भन्नुले उसको प्रतिगमनकारी शैलीको पर्दाफास भएको बताए ।
RSS