अमेरिकी सैनिक बै्रडली मैनिंगमाथि जासूसी गरेको सहित २० वटा अभियोगमा सैन्य अदालतले दोषी प्रमाणित

अमेरिका । अमेरिकी गोप्य दस्तावेज विकिलिक्सलाई उपलब्ध गराएको अभियोग लागेका अमेरिकी सैनिक बै्रडली मैनिंगमाथि जासूसी गरेको सहित २० वटा अभियोगमा सैन्य अदालतले दोषी प्रमाणित गरेको छ । यद्यपी शुत्रकालागि सहयोग गरेको गम्भीर आरोपबाट भने उनलाई छुट्टी दिइएको छ ।


२५ बर्षिय सैनिक मैनिङले पनि आफूविरुद्धको अभियोग स्वीकारेका छन् । आफूले गरेको कर्तुतबारे मैनिगले अमेरिकी बिदेश नितीमाथि बहस होस भन्ने उद्देश्यले जासूसी गरेको तर्क गरेका छन् । उनीमाथि आज सुनुवाई हुँदैछ ।


मैनिङलाई अब १ सय ३६ बर्षसम्मको जेल सजायँ हुने बताइएको छ । पाँच वटा चोरीदेखि कम्प्युटर धोखाधडी जस्ता आरोप उनीमाथि लगाइएको छ । यता, विकिलिक्सका संस्थापक जुलियन असान्जले भने सैन्य अदालतको आदेशको आलोचना गरेका छन् । मैनिगमाथिको आरोपमा निष्पक्ष र स्वतन्त्र सुनुवाई नभएको भन्दै असान्जले अमेरिकी न्याय पद्धतीको अवस्था यसैले झल्काउँने बताए ।

 

Agencies