विश्व युवा दिवसलाई ध्यानमा राखी आन्दोलन स्थगीत गरेका ब्राजिलका सर्वसाधारणले फेरि प्रदर्शन थाले

ब्राजिल  । विश्व युवा दिवसलाई ध्यानमा राखी आन्दोलन स्थगीत गरेका ब्राजिलका सर्वसाधारणले फेरि प्रदर्शन थालेका छन् । ब्राजिलको रियो दि जेनेरियो र साउ पाउलो शहरका गभर्नरको राजीनामा माग गर्दै पदर्शनमा उत्रेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले हस्तक्षेप गर्दा थुप्रै घाइते भएका छन् ।


प्रदर्शनकारीले शहरका पसल तोडफोड गर्नुका साथै गाडीमा आगजनी गरेका छन् । प्रदर्शन दबाउन आदेश दिएको भन्दै गभर्नरको राजीनामा माग गरिएको हो । गत जुन २ मा साओ पाउलो शहरमा गरिएको सार्वजनिक यातायातको भाडा वृद्धि पछि ब्राजिलभर विरोध प्रदर्शन चर्किएको थियो ।


 प्रदर्शनकारीले बढ्दो भ्रष्टाचार, अर्को वर्ष गर्न लागिएको विश्व कप फुटबल र सन् २०१६ को ओलम्पिकका लागि गरिएको उच्च खर्चको विरोध गर्दै विगत केही महिनादेखि प्रदर्शन जारी राखेका छन् । प्रदर्शनमा लाखौं सहभागि छन् । भ्रष्टाचार, कमजोर स्वास्थ्य सेवा, र महँगो जीवनस्तरका कारण ब्राजिली जनतामा निराशा बढ्दै गएको छ ।

 

Agencies