– अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची । एनेकपा माओवादीका केन्द्रिय सदस्य प्रल्हाद सुवेदीले वैद्य नेतृत्वको नेकपा-माओवादी पनि चुनावमा सहभागि भई मंसिर ४ मै दोस्रो संविधान सभाको निर्वाचन हुने दावी गरेका छन् ।
क्रान्तिकारी पत्रकार अर्घाखाँचीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नेकपा-माओवादी सँग पनि छलफल र वार्ता चलिरहेकाले चुनावमा आउने दावी गरे । चुनाव विथोल्ने कुरा गरेर हुदैन, उनले भने, छलफलको माध्यमबाट निकास निकाल्नु पर्छ । उनले राजनीति पार्टी प्रति जनताको विश्वाश घटे पनि समाप्त भने भइनसकेको बताए ।
पहिलो संविधानसभाको निर्वाचनबाट संविधान दिन नसक्नु दुःखद पाटो भएको भन्दै उनले अव सवै पार्टी मिलेर चुनाव सम्पन्न पार्नुपर्नेमा जोड दिए । पार्टी क्रान्तिकारी ध्रवीकरण तिर केन्द्रित भएकाले अवको निर्वाचनमा क्रान्तिकारी शक्ति सँग मिलेरै भएपनि दुइतिहाइ वहुमत ल्याउने पर्ने जिकिर गरे । अन्र्तराष्ट्रिय शक्तिले पनि एमाओवादीलाइ शक्तिशाली पार्टीको रुपमा लिएको टिप्पणी गरे । यस्तै अर्का केन्द्रिय सदस्य राजकुमार शर्माले संविधानसभाको निर्वाचन सफल पार्नका लागि वाह्र वुदे सहमतिका सहयात्री दलहरु एक जुट हुनु पर्ने बताए । उनले एमाओवादी राष्ट्रयताको पक्षमा नलागेको भन्ने आरोप गलत भएको तर्क गरे ।
एनेकपा माओवादीले पत्रकार सम्मेलन मार्फत चुनावी कार्यक्रम समेत सार्वजसनक गरेको छ । दुइ ओटा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा केन्द्रबाट दुइओटा नेताहरु खटिएका छन । क्षेत्र नं. १ मा केन्द्रिय सदस्य राजकुमार शर्मा, क्षेत्र नं. १ का संयोजक ठाकुर कुमार वि.क छमकुमारी खनाल सहितका नेताहरु र क्षेत्र नं. २ मा केन्द्रय सदस्य प्रल्हाद सुवेदी सहित हिमकला गैरे, खुमानन्द घिमिरे, जागिर हुसेन भक्त वहादुर पुन लगायतका नेताहरु खटिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । पहिचान सहितको संघियता संघियता सहितको संविधान दास्रो संविधान सभाको निर्वाचनका लागि जनसम्वन्ध सुदृढ अभियान भन्ने तारा तय गरेर एमाओवादी चुनावी अभियानमा लागेको छ ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।