एकीकृत माओवादीको वाईसीएलद्धारा जवरजस्ती चन्दा उठाउनेको रिहाईको माग गर्दै अनिश्चितकालिन चितवन बन्दको आह्वान

चितवन  । कार्यकर्ता रिहाईको माग गर्दै एकीकृत माओवादीको युवा संगठन वाईसीएलले आजदेखि अनिश्चितकालिन चितवन बन्दको आह्वान गरेको छ । बन्दले विहानैदेखि शिक्षण संस्था, यातायात र बजार पूर्ण रुपमा ठप्प बनेको छ । बन्दकर्ताले नारायणगढको पुल्चोक, शहीदचोक, भरतपुरको चौविसकोठी, पूर्वी चितवनको विभिन्न स्थानमा जम्मा भई प्रदर्शन गरेका छन् । 
कार्यकर्ता रिहाईको लागि हिजो साँझ ५ बजेसम्मको अल्टिमेटम दिएको वाईसिएलले कार्यकर्ता नछाडिएको भन्दै माउ पार्टी एमाओवादीको निर्देशनमा अनिश्चितकालिन बन्द आह्वान गरेको हो । एकीकृत माओवादीले चितवनमा संचालित चुनावी अभियानसमेत स्थगित गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले भने जवरजस्ती चन्दा उठाउन संलग्न ६ जना वाईसीएल कार्यकर्तालाई हिजै मुद्दा चलाएको छ ।
 प्रहरीले मंगलबार चन्दा उठाईरहेको अवस्थामा नारायणगढबाट भरत मगर, मनोजकुमार शेर्पा, रवी पराजुली र विशाल मरहठ्ठालाई पक्रेको थियो । यसैगरी प्रहरी कार्यालयमा आक्रमण गर्ने उत्तम गुरुङ र मधुराज न्यौपानेलाई पनि पक्राउ गरिएको छ ।
RSS